काँग्रेस सभापति देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

डडेलधुरा- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।
मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताउनुभयो । बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । ‘देउवाले शतप्रतिशत मत भने पाउनु भएन’-अधिकृत बमले भन्नुभयो । काँग्रेस प्रतिनिधि मध्ये ५५ जनाले देउवालाई मत नदिएको उहाँले बताउनुभयो ।

हाल नेपाली काँग्रेसका सभापति रहनु भएका देउवा महाधिवेशन प्रतिनिधि स्वत:रहने बैधानिक व्यवस्था हुँदा हुँदै पनि निर्वाचन लड्नुभएको थियो । नेपाली काँग्रेसका वर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वत: महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ ।

तर सभापति देउवा भने क्षेत्रीय अधिवेशनमा प्रतिश्पर्धामा उत्रनु भएको थियो ।

यस विषयमा नेपालटीभीअनलाइनसँग संक्षिप्त कुराकानी गर्नुहुँदै प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो- ‘उहाँ (सभापति देउवा) हरेक महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आउनु भएकोले यसपटक पनि उहाँले प्रतिश्पर्धामा भाग लिनुभएको हो ।’

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी हुन् भएको छ ।

यसैगरी डडेल्धुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा आरजु राणा देउवा सर्वसम्मत चयन हुनु भएको छ । खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो ।

सर्वसम्मत चयन हुनेमा सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा सर्वसम्मत रहनु भएको छ । महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मीनबहादुर चन्द र सम्पन्न राज भट्ट निर्वाचित हुनु भएको छ ।

महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित हुनु भएको हो ।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधीमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ख अल्पसंख्यक तर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.