कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत हुनुभएको छ ।

समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिनुभएको राजिनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य हुनुहुन्थ्यो ।कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो ।

त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.