इङ्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिए

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिंदै अंक बाँडेका छन् ।

आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले अधिकांश समय बल पकड आफ्नो पक्षमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाएको हो । यता युनाइटेडले भने नयाँ प्रशिक्षक पाएसँगै आफ्नो खेलमा ठूलो सुधार गरेको छ ।

प्रायः सबै खेलमा फितलो प्रदर्शन गर्दै आएको युनाइटेडले हिजोको खेलमा चेल्सीलाई दोस्रो हाफको ५०औं मिनेटमा स्ट्राइकर सान्चोको गोलबाट पछि पारेको थियो ।

तर खेलको ६४औं मिनेटमा चेल्सीले पाएको पेनाल्टी किकलाई जर्जिनोले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुङ्गिएको हो । यो बराबरीसँगै चेल्सी ३० अंकसहित शीर्ष स्थानमा छ भने युनाइटेड १८ अंकसहित आठौं स्थानमा रहेको छ ।

त्यसैगरी हिजै सम्पन्न अर्को खेलमा म्यानचेष्टर सिटीले वेष्टह्याम युनाइटेडमाथि २-१ गोलको जीत निकाल्दै २९ अंकसहित दोस्रो स्थानमा उक्लन सफल भएको छ । तेस्रो स्थानमा भने २८ अंकसहित लिभरपुल रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.