यस वर्षको ‘बालोन डि’ओर’ अवार्ड अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई

यस वर्षको ‘बालोन डि’ओर’ अवार्ड अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले जितेका छन् ।

यो वर्ष आफ्नो देश अर्जेन्टिनालाई कोपा अमेरिका उपाधी दिलाउन सफल मेस्सीले गएराती पेरिसमा सम्पन्न एक विशेष समारोहमा यो किर्तिमानी अवार्ड हात पारेका हुन् ।

मेस्सीले यस वर्ष आफ्नो देश र क्लबका लागि ४१ गोलसहित १७ गोलमा असिस्ट गरेका थिए ।

वार्यन म्युनिखका लेवान्डोस्की दोस्रो स्थानमा पर्दै उनलाई स्ट्राइकर अफ द इयरको अवार्ड प्रदान गरियो । पोर्चुगिज अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने छैटौं स्थानमै सीमित रहे ।

महिलातर्फको ‘बालोन डि’ओर’ अवार्ड भने बार्सिलोनाकी कप्तान एलेक्सिया पुटरलासलाई प्रदान गरियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.