सचिवमा गोकर्ण विष्टलाई सबैभन्दा बढी, आचार्य र कार्की पराजित

काठमाडौं– एमाले सचिवमा गोकर्ण विष्टसहित ७ जना निर्वाचित हुनुभएको छ ।
विष्टसहित योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनुभएको छ ।
भीम आचार्य र टंक कार्की पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत् प्रस्तुत गरेका सचिवविरुद्ध आचार्य र कार्कीले उम्मेदवारी दिनुभएको थियो ।
एमाले सचिव पदमा अन्तिम नतिजा
गोकर्ण विष्ट १९७६ (निर्वाचित)
योगेश भट्टराई १९६४ (निर्वाचित)
पद्मा अर्याल १८०० (निर्वाचित)
छविलाल विश्वकर्मा १८०० (निर्वाचित)
लेखराज भट्ट १७०४ (निर्वाचित)
टोपबहादुर रायमाझी १७०० (निर्वाचित)
रघुवीर महासेठ १५१३ (निर्वाचित)
भीम आचार्य १३००
टंक कार्की ५००






प्रतिक्रिया राख्नुहोस्