सभापति जित्न कति मत चाहिन्छ ?

काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ ।

आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको छ । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ । सभापतिका लागि निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । त्यो भनेको २३४० मत हो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ ।

कांग्रेसको सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्बी शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.