सभापतिमा देउवालाई निःशर्त समर्थनः प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रत्यासी शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्ट पार्नुभएको छ ।

उपप्रधानमन्त्री, भावी प्रधानमन्त्री पदसँग जोडेर समाचार सार्वजनिक भएपछि सिंहको धारणा आएको हो । ‘निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उहाँले विज्ञप्तीमा भन्नुभएको छ, ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ ।’

पहिलो चरणको निर्वाचनमा सिंह तेस्रो हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.