कांग्रेसमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ : नवनिर्वाचित उपसभापति गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताउनुभएको छ । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उहाँको भनाइ थियो ।

उहाँले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने बताउनुभयो । उहाँले सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो । “हामी विधि, विधान, सिद्धान्त र आदर्शबमोजिम नेपाली कांग्रेसको सङ्गठन हाँक्न चाहन्छौँ”, उहाँले भन्नुभयो । कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दापनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.