माओवादी केन्द्र स्थायी कमिटी बैठकः अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बिहान बसेको बैठकमा दाहालले राजनीतिक प्रतिवेदनको पेस गर्नुभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालको प्रतिवेदनमाथि दिउँसो ३ बजेदेखि बस्ने बैठकमा छलफल हुनेछ ।
माओवादी केन्द्रले पुस ११ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।






प्रतिक्रिया राख्नुहोस्