पूर्वराष्ट्रपति पार्क ग्युँ-हेलाई आममाफी

काठमाडौं– भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क ग्युँ-हेलाई आममाफी दिइएको छ ।

महाभियोग लगाएर पटबाट हटाएपछि २२ वर्षको जेल सजाय पाएकी पार्कलाई राष्ट्रपति मुन जे इनले आममाफी दिनुभएको हो । खराब स्वास्थ्यको कारण देखाउँदै आममाफी पाएकी पार्कमाथि लगाइएका १८ वटा मध्ये १६ वटा आरोपमा दोषी पाइएको थियो ।

यसैगरि राष्ट्रपति मुनले भ्रष्टाचारको आरोपमा कारावासमा सजाय भोगीरहेकी दक्षिण कोरियाकी पहिलो प्रधानमन्त्री हान म्योङ सुकलाई समेत माफी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.