‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन हुने

काठमाडौं — युवा निर्देशक सरिता साहको निर्देशन रहेको ‘ढकियामे नागरिकता’ नाटक माघ १ गतेदेखि १० गते सम्म हरेक दिन साँझ ४ ३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ । नाटकको पोस्टर भने सार्वजनिक भएको छ ।

नाटकको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने कोशिस गरिएको छ ।

राज्य सत्ताले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिकहरु अनागरिक हुनु परेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बतानुभयो ।

नागरिकता कुनै बाँड्ने चिज होइन्, यो सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदिपजङ्ग कार्की (मोरङ), सुदिप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज साहको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.