जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ ।

बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो ।
‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । ‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.