अस्पतालमा बिरामीको चाप बढ्योः डा. बस्नेत

काठमाडौं– कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भूपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताउनुभएको छ ।

काठमाडौंमा सोमबार भएको साक्षात्कार कार्यक्रममा डा. बस्नेतले बिरामी बढेकोले सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौ ।’

संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तीव्रता दिएको उहाँले स्पष्ट पार्नुभयो । वीर अस्पतलामा उनले वीर अस्पतालमा १ सय वटा आइसीयु, १ सय वटा एचडियु, ३ सय वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको डा. बस्नेतको भनाइ छ ।

कोभिडको तयारीको बारेमा बिभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उहाँले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताउनुभयो ।

सरकारले तोकेका उपत्यकामा १३ वटा कोभिड अस्पताल रहेको जानकारी दिँदै उहाँले प्रदेशमा सातवटा कोभिड अस्पताल रहेको बताउनुभयो । बिरामीको चाप र आवश्यकताको आधारमा अस्पताल थप भएर जाने समेत उहाँको भनाइ छ ।

वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको उहाँले बताउनुभयो ।

भाइरस विज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताउनुभयो । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.