स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।

सर्वदलीय बैठक बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको जनाइएको छ ।

सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन भनिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.