प्रदेश नामाकरणको खुशीयाली मनाउन आज मधेश प्रदेशमा बिदा

जनकपुरधाम- प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय गर्न नभ्याइए पनि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमा आज सार्वजनिक बिदा दिएको मन्त्री साहले बताउनुभयो ।

हिजो बसेको प्रदेशसभा बैठकबाट करिब चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.