परीक्षण गरेका आधालाई संक्रमण, मृत्यु संख्या पनि बढ्यो, २४ घण्टामा थपिए १०२५४ संक्रमित

काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिए

काठमाडौं– नेपालमा कोभिड १९ परीक्षण गरेका आधा जसोमा संक्रमण भएको छ ।

२४ घण्टामा देशभर २० हजार १ सय ८७ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ७०८ जना निको भएर घर फर्किएका छन् ।

२४ घण्टा १६ जनाको मृत्यु भएको छ । तेस्रो लहरपछि २४ घण्टामा सबैभन्दा बढीको मृत्यु भएको हो ।

नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.