युइएफए च्याम्पियनस् लिग: म्यान्चेस्टर सिटी र पिएसजी

युइएफए च्याम्पियनस् लिगको प्रि क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लव रियल मड्रिडलाइ पेरिस सेन्ट जर्मेन पिएसजीले पराजित गरेको छ ।

आफ्नो घरेलु मैदानमा आज विहान सम्पन्न खेेलमा इन्जुरी समयको चौथो मिनेटमा युवा फर्वार्ड केलियन एम्वाप्पेको गोलले पिएसजीले रियललाइ १-० गोलको अन्तरले पराजित गरेको हो । पहिलो हाफ वरावरीमा खेलेको पिएसजीले दोश्रो हाफको ६२ औ मिनेटमा मेसी पेनाल्टिमा चुक्दा पिएसजीले अग्रता लिन सकेको थिएन ।

मेसीको पेनाल्टि प्रहारलाइ रियलका गोल रक्षक कोर्टुवाले वचाएका थिए ।

खेलको ७२ औँ मिनेटमा सव्स्टिच्युट खेलाडिका रुपमा मैदान प्रवेश गरेका व्राजिलियन फर्वार्ड नेयमारको पासलाइ एम्वाप्पेले दुइ खेलाडिलाइ विट गर्दै गरेको प्रहारले जाली चुमेपछि पिएसजीले जित हासिल गरेको हो । पहिलो लेगमा पाएको जीतले पिएसजीलाइ क्वाटर फाइनलमा पुग्न सहज भएको छ ।

आजै विहान सम्पन्न अर्को खेलमा इङ्गलिस क्वल्व म्यान्चेस्टर सिटीले पोर्चुगिज क्लव स्पोर्टिङ् सिपीमाथि उसैको घरेलु मैदानमा ५-० गोलको सानदार जीत निकाल्दै क्वाटरफाइनलको यात्रा सहज वनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.