२६२ संक्रमित थपिए, चार जनाको मृत्यु

काठमाडौं- गत २४ घण्टामा नेपालमा कोभिड १९ का २६२ संक्रमित थपिएका छन् ।

देशभर ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले दिएको जानकारी अनुसार २४ घण्टामा १३३८ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा काठमाडौंमा ८०, ललितपुरमा १२ र भक्तपुरमा १ जना गरी ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा औषत संक्रमण दर ३ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.