टी–ट्‍वान्टी विश्वकपमा खेल्ने सपना बोकेर नेपाल आज युएईसँग  भिड्दै

काठमाडौं- नेपाल आईसीसी पुरुष टी–ट्‍वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आज आफू भन्दा बलियो टिम युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

२०१४ पछि पहिलोपटक टी-ट्‍वान्टी विश्वकपमा लक्ष्यका साथ युएईविरुद्ध नेपाल मैदानमा उत्रदैछ । नेपाल समूह बी को विजेताको रुपमा र युएई समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा खेलिने आजको खेल नेपाल समय अनुसार ३.४५ बजे सुरु हुँदैछ ।

नेपालले आजको खेलमा जीत निकालेमा मात्र आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-ट्‍वान्टी विश्वकप खेल्न पाउने छ ।

हिजोको खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै नेपालले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर समूह विजेता बनेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.