प्रधानमन्त्रीद्वारा सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले संविधानको धारा ५३ अनुसार सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।

त्यसैगरी आजै राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको तर्फबाट प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको छ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.