भारतको पञ्जाबमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत

भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाई मत प्राप्त गरेको छ ।

विधान सभाका लागि भएको निर्वाचनमा अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ ।

स्थानीय समय अनुसार बिहीबार बेलुका ६ बजेसम्म, कुल ११७ प्रदेश सभा सदस्य मध्ये ८९ मा आम आद्मीले जित हासिल गरिसकेको छ ।

त्यसैगरी अहिले मत गणना भइरहेका मध्ये ३ ठाउँमा अग्रता कायम गरेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रदेश सरकारमा रहेको दल कांग्रेसले भने १५ ठाउँमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले मत गणना भइरहेका मध्ये काँग्रेस पनि तीन सिटमा अग्रस्थानमा देखिएको छ ।

अत्याधिक मत ल्याएकोले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उहाँलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.