२४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ४१८ जनामा गरिएको नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

सोही अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.