परराष्ट्रमन्त्री खड्का र साउदी अरबका विदेशमन्त्रीबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच करिब ३५ मिनेट भेटवार्ता भएको थियो । भेटका क्रममा उहाँहरुबीच नेपाल र साउदी अरबको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

राजकुमार साउद र परराष्ट्रमन्त्री डाक्टर खड्काबीचको भेटले दुईदेशबीचको पारस्परिक सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै दुइ देशबिच सहयोग सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ। सो सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा खड्का र साउदी अरबका विदेशमन्त्री राजकुमार साउदले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, विज्ञान तथा प्रविधि,खेलकुद लगायतका क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गरिने उल्लेख गरिएको परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

आज गरिएको सहयोग सम्झौता दुइदेशबीचको आपसी सहमतिका आधारमा कार्यान्यनमा जाने पनि सहसचिव लम्सालले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.