कांग्रेस कार्यसम्पादन समिति बैठकमा महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महानगरपालिका एवं उप महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको उम्मेदवारका सम्बन्धमा केन्द्रित भएर वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियारले बोल्नुभएको छ ।

यसैगरी केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा। प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, एन.पी. साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.