वीरगञ्जमा एमाले र लोसपाको गठबन्धनः मेयरमा एमाले र उपमेयर लोसपाको भागमा

पर्सा- पर्सामा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गठबन्धन गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने भएका छन् ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका हुन् ।

गठबन्धन गर्दा मेयरमा एमालेलाई र उपमेयर लोसपालाई दिने सहमति भएको दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप-प्रमुखमा लोसपा नेपालको नेतृत्व रहने छ ।

वडाको सम्बन्धमा आपसी सम्झदारीमा उम्मेदवार दिने जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई रहेको छ ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.