चितवनमा सवारी चाप बढेसँगै व्यवस्थापनमा चुनौती

चितवन- चितवनको ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । हिजो उद्योग वाणिज्य संघ-चितवनमा सम्पन्न भएको हो ।

सोही कार्यक्रमकाबीच हालै मात्रै चितवन सरुवा भई आएका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मवहादुर अधिकारीलाई संघले स्वागत समेत गरेको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन नेपालको मध्यभागमा रहेकोले यहाँ सवारी साधनको चाप बढेको बताउनुभयो । औद्योगिक र व्यवसायिक विकाससँगै सवारी चाप बढ्ने हुँदा व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले मूल सडक र शाखा खडकको ट्राफिक व्यवस्थापनका लागि छुट्टाछुट्टै रणनिती तय गरिनुपर्ने बताउँदै यसका लागि निजि क्षेत्रको तर्फबाट सहकार्य र सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख थापाले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन कार्ययोजना तयार गरी कार्यान्वयका लागि अघि बढेको बताउनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत रहि दुर्घटना न्यूनीकरणका साथसाथै बजार र ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

चितवनको ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन तथा व्यवसायिक सुरक्षाका लागि नियमित रुपमा छलफल तथा अन्तरक्रिया गरिनुपर्नेमा संघका कार्यकाकारी निर्देशक निलबहादुर केसीले जोड दिनुभयो । कार्यक्रममा सहभागिहरुले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापनका सम्बन्धमा जिज्ञासा तथा सुझावहरु समेत पेश गरेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.