एमालेले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौं– नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाउनुभएको थियो ।

एमालेले ४७ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो । ‘सुशासन, समृद्धि र समाजवादको आधार ः पालिका–पालिकामा एमालेको सरकार’ नारासहित एमालेले घोषणापत्र तयार गरेको हो ।

एमालेले आफ्नो घोषणापत्रमा आफ्नो सरकार विस्थापनको कारण, पाँच वर्षमा आफ्नो सरकारले स्थानीय तहका लागि गरेका उल्लेख्य उपलब्धीहरुलगायतलाई घोषणपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.