कांग्रेसले छान्यो महानगरका तीन मेयर

काठमाडौं– नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट आफ्नो भागमा परेका तीन नगरपालिकाका मेयर टुंगो लगाएको छ ।

कांग्रेसले काठमाडौंमा सृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको हो । महर्जन अघिल्लो चुनावमा पनि निर्वाचित हुनुभएको थियो भने सिंह र कोइराला नयाँ अनुहार हुनुहुन्छ ।

पाँच दलीय गठबन्धनमा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर बाहेक वीरगन्ज, पोखरा र भरतपुरमा उपमेयर पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.