सुरक्षा निकायबाट मतदानस्थल अनुगमन

काभ्रे- वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि काभ्रेका मतदान स्थलहरुमा निर्वाचनको तयारी, आचारसंहीताको पालना, सुरक्षा व्यवस्थाको अवस्था तथा आवश्यक तयारीको सन्दर्भमा सुरक्षा निकायबाट अनुगमन निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी अनुसन्धानका प्रमुख नगेन्द्र दाहाल, कालिजंग गणका गणपति मिलन थापा नेतृत्वको टोलीले जिल्लाको कोशिपारिस्थित चौरीदेउराली र भुम्लु गाउँपालिकाको विभिन्न स्थलहरुमा अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनको क्रममा निर्वाचन अधिकृतको कार्यालय र मतदानस्थलहरुको अनुगमन गरेकोमा ति स्थानहरु व्यवस्थित नै रहेको पाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । कतिपय सार्वजनिक स्थानहरुमा भने आचारसंहिता विपरित झण्डा र व्यानरहरु राखेको पाइएकोले त्यसलाई हटाउन र निर्वाचनलाई मर्यादित, स्वच्छ र सभ्य बनाउनका लागि आग्रह गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले कोशिपारिको विभिन्न ठाउँहरुमा विभिन्न राजनीतिक पार्टीहरुले आचारसंहिता विपरित झण्डाहरु राख्ने गरेको पाएकामा त्यसलाई हटाउन गरेको अनुरोध अनुसार ति सबै हटाईसकेको बताउनुभयो । सो क्रममा उहाँले जिल्लाका विभिन्नस्थानहरुमा मतदान स्थल र मतगणना स्थलको अवस्था र त्यसको सुरक्षा अवस्थाको बारेमा अनुगमन गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी टोलीले मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रहरुको समेत अनुगमन निरीक्षण गर्नुभएको छ । काभ्रे जिल्लामा ३८१ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.