भारतमा कोरोना संक्रमित फेरि बढे

नयाँ दिल्ली– भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरूले आज दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ। अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.