रुस र युक्रेनबीच पुन: वार्ता हुने

रुस र युक्रेन बीच पुनःवार्ता हुने भएको छ ।

रुसी विदेश मन्त्री सेर्गेइ लाभारोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाउनु भएको हो ।

रुस भ्रमणको क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि विदेशमन्त्री लाभारोभले वार्ताका लागि रुस तयार रहेको जानकारी दिनु भएको हो ।

रुसी आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पटक पटक वार्ता भएपनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्य हुने अवस्था नवनेपछि शान्ति प्रकृयकोआधार निर्माण गर्न आफूले रुसको भ्रमण गरेको राष्ट्रसंघीय महासचिव गुटेर्रेसले बताउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.