शीर्ष नेताहरुको चुनावी दौडधूप, आज को कहाँ ?

काठमाडौं- स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुग्नुभएको छ । चितवनमा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आज चितवन पुग्नुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएको छ ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.