निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्रको निर्णय

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्नेलगायतका विविध निर्णय भएको भक्तपुरका प्रजिअ शर्माले जानकारी दिनुभयो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभागका प्रमुखको बैठकले शान्तिसुरक्षाका लागि कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा छलफल गरी निर्णय भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.