सुरु भयो मतदान (फोटो फिचरसहित)

काठमाडौं- स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान मतदान सुरु भएको छ ।

देशभरका ७५३ वटा स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्नेछन् ।

मतदानका लागि बिहान सबेरैदेखि मतदाता केन्द्रमा पुगेका थिए ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित १ लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक खटिएका छन् ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनोट गर्न मतदान गर्दैछन् ।

कुल ३५ हजार २ सय २१ पदमध्ये ३४ हजार ८ सय ८१ पदका लागि १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ३ सय ९० पदमा भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.