१०६ वर्षीया वृद्धाबाट मतदान

सिन्धुली– स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको छ ।

उहाँको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो । सुनुवार्नी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.