प्रधानमन्त्रीद्वारा डडेल्धुरामा मतदान

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्नुभएको छ ।

प्रधानमन्त्रीले डडेल्धुराको गन्यापधुरा गाउँपालिका( १ मा रहेको असिग्राम मा.वि. मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानका लागि प्रधानमन्त्री बिहीबार नै धनगढी पुग्नुभएको थियो ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले सरकारले चुनाव गराउँदैन भनेर अन्तिम समयसम्म हल्ला फैलाएको बताउनुभयो । ‘चुनाव हुँदैन, गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि ?,’ उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.