गु्ल्मीको रेसुंगा र डडेल्धुराको गन्यापधुरामा कांग्रेस विजयी

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ ।

पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित हुनुभयो । एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत पाउनुभयो ।

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत निर्वाचित हुनुभयो । एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याउनुभयो ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो ।

गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले ३ हजार ३८४ मत सहित निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत ल्याउनुभयो ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित हुनुभयो । उहाँले तीन हजार १३ मत पाउनुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.