गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित

गुल्मी- गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याउनु भएको छ भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले गुल्मीले जनाएको छ । नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए ।

उपाध्यक्षमा शुसिला पुनले ५ हजार ५८९ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले बिजयी भएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्षमा निर्वाचित भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.