रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा बिजयी हुनुभएको हो ।

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर उपप्रमुख बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याउनुभएको छ । उपप्रमुख रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याएर पराजित हुनुभएको हो । नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेले वडाअध्यक्ष पदमा निर्वाचित भएको छ । नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन विजयी भएका छन् ।

नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना बिजयी हुनुभएको छ । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख उपप्रमुख सहि ६ वटा वडामा वडाअध्यक्ष निर्वाचित भएका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.