काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता बढाउँदै, उपमेयरमा सुनिता डङ्गोल तेब्बर मतले अगाडि

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लैजानुभएको छ । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ६७४ मतले पछि पार्दै अग्रता कायमै राख्नुभएको हो । शाहले १७०६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा एमालेका स्थापितले १०३२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८६४ मत पाउनुभएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइरहनुभएको छ । उहाँले १८४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत प्राप्त गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.