प्रधानमन्त्रीका भाइको निधन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित देउवाका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

नेपाली कांग्रेसले प्रेमबहादुर देउवाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेसले स्वर्गीय देउवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.