इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

काठमाडौं- २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले बर्चश्व राखेको इलाम नगरपालिकामा यो पटक नेपाली काँग्रेसले प्रमुख उपप्रमुखसहित बहुमत वडा अध्यक्षमा जीत हासिल गरेको छ ।

पुर्वकै जेठो नगरपालिका इलाम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य केदार थापा निर्वाचित बन्नुभएको छ । थापाले नेकपा एमालेका धिरेन कुमार चेम्जोङलाई २ हजार ५ सय ७८ मतान्तरले हराउँदै प्रमुख पदमा निर्वाचित बन्नुभएको हो ।

थापाले १३ हजार १ सय ६५ मत प्राप्त गर्दा चेम्जोङले १० हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो । गत स्थानीय निर्वाचनमा हाल नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

इलाम नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसकै विष्णु कुमारी लिम्बु निर्वाचित हुनुभएको छ । लिम्बुले एमालेकी सीतादेवी रिजाललाई पराजित गर्नुभयो । लिम्बुले १३ हजार ५ सय ४२ मत पाउँदा रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो ।

इलाम शहरी खानेपानी आयोजनाका अध्यक्ष केदार थापा २०३६ सालदेखि नेपाल विद्यार्थी संघमा रहेर राजनीति शुरु गर्नुभएको थियो । इलाम बजारमा २०२१ सालमा जन्मनुभएका थापाले २०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाउनुभएको थियो ।

जिल्ला सहकारी संघको अध्यक्ष लगायतका संस्थामा रहेकी विष्णु दाहाल लिम्बु इलामको सामाजिक क्षेत्रमा परिचित नाम हो । लिम्बु नेपाल रेडक्रसको पुर्व सभापति समेत रहनुभएको छ ।

नगरका १२ वडा मध्ये नेपाली काँग्रेसले ९ वटा वडाको वडाध्यक्ष सहित वहुमत सदस्यहरु जितेको छ । काँग्रेस सहित नेकपा एकिकृत समाजबादी नेकपा माओबादी केन्द्र सहितका दलहरु गठबन्धन सहित स्थानीय निर्वाचनमा भाग लिएका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.