घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी

दाङ- घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१ हजार ७२८ मत ल्याएर निर्बाचित हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसिले ३० हजार ४०३ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकामा १९ वडा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.