नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम अर्ब हाराहारी

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर दुई हजार २३१.५७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ अङ्कले उकालो लागेर ४३५.०९ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने एक अर्बको हाराहारीमा सीमित भएको छ । कूल २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर रु एक अर्ब चार करोड ४६ लाख २६ हजार ९३९ मूल्यमा कारोबार भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ८.१९, व्यापार २९.२१, होटल तथा पर्यटन ०.०७, विकास बैंक २५.१८, जलविद्युत् ३०.२९, वित्त ९.५, निर्जीवन बीमा १३४.५१, उत्पादन ३०.४९, अन्य ८.९६, लघुवित्त २९.०२, जीवन बीमा ६६.५१, सामूहिक लगानी कोष ०.०७ र लगानी ०.११ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ३४ लाख आठ हजार ७४७ बराबरको कारोबार भयो । त्यस्तै, अरुण काबेली पावर र चार करोड ७१ लाख ६८ हजार ७५७, नबिल बैंक रु तीन करोड ४४ लाख ८५ हजार ३५५, अरुण भ्याली हाइड्रोपावर रु दुई करोड ८ड लाख ११ हजार ११६ र अपी पावर कम्पनी रु दुई करोड ५६ लाख ८७ हजार ३५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ५.९२, मैलुङ खोला जलविद्युत् कम्पनी ५.४८, सिङ्गटी हाइड्रोपावर ५.३३, गुराँस लघुवित्त ५.२२, नेपाल इन्सुरेन्सका लगानीकर्ताले ४.२४ प्रतिशतले कमाए । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक ७.१३, लक्ष्मी लघुवित्त ३.४९, समृद्धि फाइनान्स ३.३६, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.४५ र प्रभु लाइफ इन्सुरेन्सका लगानीकर्ताले २.०३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.