अपडेटः दैलेख बस दुर्घटनामा चार जनाको मृत्यु

दैलेख- मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका २ का प्रेम सुनार र काँशिराम पाण्डे रहेका छन् भने कालिकोट जिल्ला पलाता गाउँपालिका ३ का ज्ञान बहादुर वम र धनकलाशाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा ३९ जना घाईते भएका छन् । घाइतेलाई रातभर उद्धार गरि थपउपचारका लागि सुर्खेत कालागाउँ अस्पतालमा पुर्‍याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।

घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्याय, राकमको प्रहरी टोली घटनास्थलमा पुगेर घाईतेको उद्धारको काम सुरु गरिएको थियो । उद्धार भएकाहरुलाई कोहीलाई एम्बुलेन्स त कोहीलाई अन्य बसहरुमा सुर्खेत पठाईएको छ ।

दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.