तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो

मुस्ताङ- पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको उद्धारमा खटिएका नेपाली सेनाको टोलीले जानकारी दिएको छ । त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको र मौसमले साथदिए यात्रुहरुको शव पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।

पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा हिजोदेखिनै खोजी कार्य तिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.