राष्ट्रपति भण्डारीबाट भोटो जात्राको अवलोकन

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो जात्राको अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेल पुगेर वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन शनिबार भोटो देखाउने जात्राकाे अवलाेकन गर्नुभएकाे हो।

राष्ट्रपति भण्डारीले जावलाखेल पुगेर जात्राको अवलोकन गर्नुभएको हो। भोटो देखाउने जात्रामा राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो। यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाइएको हो।

भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ। भोटो जात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.