नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफमा गृहमन्त्री खाणले सो कुरा बताउनुभएको हो ।

‘‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको र नागरिकहरुको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षी सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’’

सोमबार बर्दियाको मधुवन–२ मा प्रहरीको गोली प्रहारबाट नवीना थारुको मृत्यु भएको थियो ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नवीनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

गृहमन्त्री खाणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्ष्क कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहनुभएको छ ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसशित छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.