भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताउनभुएको छ । विभिन्न संघीय मन्त्रालय र विभाग अन्तर्गतका निकायहरुमा खाली रहेका दरबन्दीलाई खुलाएर पदपूर्ति गर्न प्रधानमन्त्री मोदीले निर्देशन दिनुभएको हो ।

सन् २०२० को तथ्याङ्क अनुसार भारतको केन्द्रीय संरचनामा ४० लाख ५ हजार दरबन्दी रहेकोमा ३१ लाख ३२ हजार पद मात्र पूर्ति भएको थियो ।

हाल रिक्त रहेका पदहरुमध्ये अधिकांश रेल्वेमा खाली रहेको बताइएको छ । सन् २०२४ मा हुने लोकसभाको निर्वाचनको मिति भन्दा करिब ४-५ महिना अघिनै नियुक्तिका काम सक्न निर्देशन दिइएको हो ।

विपक्षी दलहरुले रिक्त दरबन्दी र बेरोजगारीलाई निर्वाचनको मुद्दा बनाउने तयारी गरिरहेकाले पनि मोदी सरकारले काम छिटो सक्न ताकेता गरेको हो ।

यसैगरि भारतिय सेनाले समेत प्रत्येक बर्ष ४५ हजार जनालाई ४ बर्षका लागि सेनामा भर्ति गर्ने योजना “अग्निपथ” सार्वजनिक गरेको छ ।

चार बर्षसम्म सैनिककै रुपमा काम गरेकाहरुमध्ये २५ प्रतिशतलाई नियमित सेनामा लैजाने र बाँकी ७५ प्रतिशतलाई आकर्षक नगद सहित सेनाबाट बिदाई गरी अन्य काम र रोजगारीमा लगाउने तयारी सेनाले गरेको छ ।

तलब तथा पेन्सनको खर्चलाई कम गर्नकालागि ४ बर्षे करारमा सैनिक भर्ना गरिने र पेन्सनको अवधि ४ बर्षको सेवा पुगेपछी मात्र गणना गरिने पनि सेनाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.