जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा काँग्रेसकी कार्की निर्वाचित

रामेछाप- जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा नेपाली काँग्रेसकी चीना कार्की निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेता कार्की विजयी हुनु भएको हो ।

१६ जना मतदाता रहेको उक्त निर्वाचनमा उहाँले ९ मत प्राप्त गरी विजयी हुनु भएको थियो । प्रमुखमा पराजित नेकपा एमालेका उम्मेदवार तुलप्रसाद कडेंलले ६ मत प्राप्त गर्नु भएको थियो ।

निर्वाचनका लागि नेपाली काँग्रेस र माओवादीको गठबन्धन थियो ।
यसैगरी उपप्रमुखमा माओवादीका प्रेमसागर थापा निर्वाचित हुनु भएको छ ।

उहाँले १० मत प्राप्त गर्नु भएको थियो ।

उहाँको प्रत्यासी नेकपा एमालेका सुनिता सुनुवारले ६ मत प्राप्त गर्नु भएको छ । जिल्ला समन्वय समितिको प्रमुख सहित ४ पदमा नेपाली काँग्रेस र उपप्रमुख सहित ५ पदमा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.